नियम ३४क
मुद्दामा रहने मार्गसमूह
(१) अदालतमा दायर हुने मुद्दाको कारबाहीमा सरल मार्गसमूह र सामान्य मार्गसमूह रहने छन्।
तर सरकारवादी फौजदारी मुद्दाको शुरु तथा पुनरावेदनको कारबाहीमा सरल मार्गसमूह, सामान्य मार्गसमूह र विशेष मार्गसमूह रहने छन्।
(२) मध्यस्थता सम्बन्धी निवेदनहरुको कारबाहीको लागि विषयगत आधारमा मार्गसमूह रहनेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दामासाही सम्बन्धी निवेदन, बन्दी प्रत्यक्षीकरणको निवेदन, अन्तरकालीन आदेश उपर परेका निवेदन, सो सम्बन्धी प्रतिवेदनतथा अन्य फुटकर निवेदनलाई मार्गसमूहमा राखी कारबाही गर्नु पर्ने छैन।
(४) यस नियमावली बमोजिम मार्गसमूह निर्धारणका आधारहरू सर्वोच्च अदालतले बनाई लाग् गर्ने निर्देशिका वा दिग्दर्शनमा उल्लेख भए बमोजिम हुनेछ।
(५) प्रचलित कानूनको अधीनमा रही सामान्यतः सरल मार्गसमूहका मुद्दा छ महिना, सामान्य मार्गसमूहका मुद्दा एक वर्ष र विशेष मार्गसमूहका मुद्दा एक वर्ष छ महिनाभित्र कारबाही र किनारा गर्नुपर्नेछ।
तर कुनै मार्गसमूहमा रहेको मुद्दामा सो समय अगावै अङ्ग पुन्याई कारबाही र किनारा गर्न बाधा पुगेको मानिने छैन।
(६) कुनै एक मार्गसमूहबाट कारबाही र किनारा हुनुपर्ने मुद्दा अर्को मार्गसमूहमा राखी कारबाही र किनारा गरेको कारणबाट मात्र त्यस्तो कामकारबाही बदर हुनेछैन।